Monday, June 15, 2026

Font Size:

logo
1 years ago May 18, 2025 Visted:145

कोशीटप्पुमा पर्यटकको चाप बढ्दो


img
img

सुनसरी – कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढेको छ। अन्य वर्षहरूको तुलनामा यो वर्ष हिउँदको सुरुवातदेखि नै पर्यटकहरूको चहलपहल उच्च देखिएको छ।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार विशेष गरी आन्तरिक पर्यटकहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्कँदै गरेका गैँडा, र साई बेरियालगायत विभिन्न देशबाट आउने पाहुना चराहरू पर्यटकका लागि मुख्य आकर्षण बनेका छन्।

आरक्षको तथ्याङ्कअनुसार २०८१ साउनदेखि २०८२ चैत मसान्तसम्म कुल ८ हजार ४१५ जना आन्तरिक पर्यटक, सार्क देशहरूबाट ६६ जना र अन्य विदेशी नागरिक २१० जना आरक्ष भ्रमणमा आएका थिए। सो अवधिमा आरक्षले कुल २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालकै पहिलो जलचर आरक्ष हो, जहाँ ५२० प्रजातिका चराहरूको वासस्थान छ। अर्ना संरक्षणको दृष्टिले समेत आरक्ष विशेष महत्त्वको मानिन्छ। यहाँको समथर भू परिवेश, जलाशय र चराहरूको जीवनशैली हेर्न सयौँ पर्यटक हरेक वर्ष आकर्षित हुने गरेका छन्।

 

Share:

प्रतिक्रिया