Friday, August 21, 2026

Font Size:

logo
1 years ago April 18, 2025 Visted:196

खोटाङमा सुरु भयो, रेड पान्डा तथा थार महोत्सव


img

खोटाङ — खोटाङमा रेड पान्डा तथा थार महोत्सव सुरु भएको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर सोमबार उक्त महोत्सव सुरु भएको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले हुर्लुङमा उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा कलाकार दयाहाङ राईले रेड पान्डा तथा थार ट्रेलको उद्घाटन गरेका छन् । यसका साथै नक्सासमेत लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक हरि रोका, पूर्व सांसद टंक राई लगायतले पर्यावरणलाई जोगाउदै विकासका गतिविधि बढाउनु पर्नेमा जोड दिएका छन् । प्रकृतिलाई जोगाएर मात्र पर्यटन प्रबर्द्धन हुने वक्ताहरूले बताएका हुन् ।

Share:

प्रतिक्रिया