काठमाडौँ, भदौ ४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९१ पैसा र बिक्रीदर १५३ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ४६ पैसा र बिक्रीदर १७८ रुपियाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ २९ पैसा र बिक्रीदर २०८ रुपियाँ ११ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८९ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २३ पैसा र बिक्रीदर १०८ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ २३ पैसा र बिक्रीदर ११० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८० पैसा र बिक्रीदर १२० रुपियाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७३ पैसा र बिक्रीदर ४० रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ र बिक्रीदर ११ रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०८ पैसा र बिक्रीदर १६ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७४ पैसा र बिक्रीदर २३ रुपियाँ ८३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ८३ पैसा र बिक्रीदर ४९९ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५८ पैसा र बिक्रीदर ४०७ रुपियाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ १६ पैसा र बिक्रीदर ३९८ रुपियाँ ७२ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
प्रतिक्रिया