Thursday, August 20, 2026

Font Size:

logo
2 Day ahead August 18, 2026 Visted:5

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


img

काठमाडौँ, भदौ १ गते । प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको  कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।

सभामुख अर्यालका अनुसार एक सांसदले एक वटामात्र प्रश्न सोध्न पाउने र लिखित रुपमा प्रस्तुत गर्ने प्रश्न भदौ ५ गते १ बजेभित्र दर्ता गर्नुपर्नेछ । प्रधानमन्त्रीलाई बढीमा १५ वटा प्रश्नमात्र सोध्न पाइने सभामुख अर्यालले बैठकलाई जानकारी गराउनुभयो । प्रश्नकर्ता सांसदले निरर्थक र लामो प्रश्न दर्ता नगराउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक २ गते ११ बजे बस्ने सभामुख अर्यालले संसद बैठकलाई जानकारी गराउनुभयो । 

Share:

प्रतिक्रिया