Friday, August 21, 2026

Font Size:

logo
6 Months ago March 04, 2026 Visted:41

फेब्रुअरीमा बढ्यो पर्यटक आगमन


img

काठमाडौं । फेब्रुअरीमा पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महीना नेपालमा १ लाख ५ हजार ४४१ पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महीनाको तुलनामा ८ दशमलव ८ प्रतिशत बढी हो । सो महीना नेपालमा ९६ हजार ८८० पर्यटक आएका थिए । 

गत महीनाको पर्यटक आगमन कोभिडअघिको भन्दा भने २ दशमलव ९ प्रतिशतले बढी हो । कोभिडअघि (सन् २०१९ फेब्रुअरी)मा १ लाख २ हजार ४२३ पर्यटक नेपाल भित्रिएका थिए । 

गत महीना नेपाल आउने पर्यटकमध्ये दक्षिण एसियाका सर्वाधिक छन् । उक्त क्षेत्रबाट ३५ हजार ३४८ पर्यटक भित्रिएका छन् । यस्तै, एसिया (अन्य)बाट २९ हजार ८५७, युरोपबाट १७ हजार ४९३, अमेरिकाबाट ११ हजार ८१५, ओसेनियाबाट १ हजार ६८०, मध्यपूर्वबाट ९४९, अफ्रिकाबाट ३४४ र अन्यबाट ७ हजार ९५५ जना नेपाल आएका छन् । 

देशगत आधारमा यो अवधिमा भारतबाट सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । उक्त अवधिमा भारतबाट २२ हजार ७४५ पर्यटक आएका छन् । त्यसपछि चीनबाट नेपाल आउनेको संख्या बढी छ । गत महीना चीनबाट १० हजार ८१६ पर्यटन नेपाल भित्रिएका छन् । 

Share:

प्रतिक्रिया