Monday, June 15, 2026

Font Size:

logo
8 Months ago October 05, 2025 Visted:51

रोशीले बीपी राजमार्गको सिन्धुली खण्डमा पनि डाइभर्सन बगायो


img

१८ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाले सिन्धुली खण्डमा रहेको बीपी राजमार्गको डाईभर्सन बगाएको छ ।

रोशी खोलाले सुनकोशी गाउँपालिका १ मा पर्ने ध्याम्पेखोला– नेपालथोक खण्डको ५० मिटर राजमार्ग कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । गत असोजमा आएको बाढीले बगाएकै स्थानमा बनाईएको डाइभर्सन बगाएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पहिरोको कारण सुनकोशी गाउँपालिका १ मा रहेको गजुलीदह क्षेत्रमा सडक माथीबाट आएको ढुंगा र माटो सहितको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Share:

प्रतिक्रिया