Friday, August 21, 2026

Font Size:

logo
12 Months ago August 13, 2025 Visted:117

आज राति कहाँ-कहाँ ठुलो वर्षा हुँदैछ ?


img

काठमाडौँ, साउन २८ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। 

महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जानकारी दिनुभयो। अहिले उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा भइरहेको छ। 

उहाँले भन्नुभयो, “हिजो रातिबाट नै वर्षा सुरु भएको हो। यो पूर्वबाट सक्रिय भएको विस्तार हुँदै आज रातिसम्म केही स्थानमा ठुलो वर्षा हुने सम्भावना छ।”

उहाँका अनुसार आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षाको सभावना रहेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यसैगरी, कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।”

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार सातै प्रदेशमा मौसम साधारणतया तथा आंशिक बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

Share:

प्रतिक्रिया