Thursday, August 20, 2026

Font Size:

logo
1 years ago July 18, 2025 Visted:117

बिबिध सँस्कृतिको खानी - पुर्बी रुकुम !


img

पुर्बी रुकुमको मगर बस्तीहरुमा हरेक बर्ष साउने संक्रान्तीमा राँको बालेर मनाईने यस पर्वलाई गाउँ अनुसार राङ्खे वा राँखे तिवार भनेर भनिन्छ ! राँको जसलाई स्थानीय भाषामा राङ्का वा राँका भनेर भनिन्छ, त्यही राँको बालेर मनाईने भएकोले यसलाई राङ्खे वा राँखे तिवार भनिएको हो ! गाउँ अनुसार राँको बाल्ने तरिकामा केहि भिन्नता पाईएता पनि पर्व भने एउटै हो ! हरेक घरमा एउटा राँको बालेर राँकोको मुनि नयाँ बाली बनस्पतिको बिरुवा अन्न लिसक चढाएर चार दिशा तिर अगुल्टो फालेर घर भित्रका खराब आत्मा, तत्वहरु र ग्रहदशाहरुलाई लखेट्नको लागि घरमा भएका कोले, घण्टी, खरङ्गा, थाल, मुङ्ग्रो, दमाहा आदि बजाएर होहल्ला गरेर घरबाट निकालेर भगाउने परम्परा छ ! यसै दिन सबैले गच्छे अनुसार घरमा मीठो कुराहरू पकाएर खाने गर्छन् त्यसैले यसलाई एउटा पर्वको रुपमा मानिन्छ !


 

Share:

प्रतिक्रिया