Friday, August 21, 2026

Font Size:

logo
1 years ago July 04, 2025 Visted:232

चट्याङ पर्दा एकको मृत्यु, चार घाइते


img

सुर्खेत, असार २० गते । रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो ३ बजे भेरीगंगा नगरपालिका –८ कुइरेमा रोपाइँ गरिरहेको समयमा चट्याङ पर्दा सोही ठाउँका डिलबहादुर शाहीको मृत्यु भएको हो । 

चट्याङ लागेर घाइते हुनुभएका शाहीलाई उपचारका लागि मेहेलकुना अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । 

यस्तै, चट्याङमा परेर चार जना घाइते हुनु भएको छ । भेरीगंगा –८ कुइरेका १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीय सुनिता गिरी घाइते हुनुभएको छ । उहाँको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share:

प्रतिक्रिया