Thursday, August 20, 2026

Font Size:

logo
1 years ago June 18, 2025 Visted:253

कैदी मृत्यु प्रकरण : सात सदस्यीय छानबिन समिति गठन


img

धनगढी, असार ४ गते। कैलालीको धनगढीस्थित कारागारमा कैदी मृत्यु प्रकरण घटना छानबिनका लागि सात सदस्यीय छानविन समिति गठन गरिएको छ। 

घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, राष्ट्रिय अनुसन्धानका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, सहायक हवल्दार नरेश साउँद र डडेल्धुरा वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य छन्। 

बैङ्किङ कसुर मुद्दामा असार १ गते पक्राउ परेका डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश पालीको मंगलबार ज्यान गएको थियो। असार २ गते राति कारागारको बाथरुम नजिक अचेत भेटिएको उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ। 

मृतकको शरीरमा चोट देखिएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई छानविन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्ने निर्देशन दिनु भएको छ। 

Share:

प्रतिक्रिया