Thursday, August 20, 2026

Font Size:

logo
1 years ago June 10, 2025 Visted:368

कोरोनाको स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔँ : सांसद् पौडेल


img

काठमाडौँ, जेठ २७ गते। राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको विषयलाई दृष्टिगत गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।

राष्ट्रिय सभाको बैठकमा सांसद् पौडेलले सीमा आवागमन सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो। उहाँले भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको र गएका ९ दिनमा तीन हजार ४ सय २३ नयाँ संक्रमित थपिएका र ५८ जनाको मृत्यु भसकेको तथ्य प्रस्तुत गर्नुभयो।

उहाँले नेपालबाट हजारौंको संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइ रोजगारीका लागि भारत जाने र भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा नेपाल आउने गरेको तथ्यलाई दृष्टिगत गरी सरकारले परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्नुपर्ने बताउनुभयो।

सांसद् पौडेलले भन्नुभयो, “भारतबाट नेपाल फर्कने नेपाली नागरिकका लागि निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनुपर्छ। विगतको कमी कमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी, योजना र रणनीति तुरून्त कार्यान्वयनमा ल्याउन आवश्यक सम्पूर्ण व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकृष्ट गर्न चाहन्छु।”

Share:

प्रतिक्रिया