Friday, August 21, 2026

Font Size:

logo
1 years ago June 10, 2025 Visted:201

चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु


img

तनहुँ- चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर-२ कुवादी कामिडाडामा पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ ।

करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।

बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको बन्दिपुर गाउँपालिका-२ नम्बर वडा अध्यक्ष तिलकबहादुर कुँवरले जानकारी दिनुभयो ।

२०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।

Share:

प्रतिक्रिया