Thursday, August 20, 2026

Font Size:

logo
1 years ago May 31, 2025 Visted:306

विपद् प्रतिकार्यका लागि नमुना अभ्यास


img

रुकुमपश्चिम, जेठ १७ गते । रुकुमपश्चिममा विपद् प्रतिकार्यका लागि संयुक्त नमुना अभ्यास सम्पन्न गरिएको छ । मुसीकोट नगरपालिका –१ गाराघाट र बाँफिकोट गाउँपालिका –१० पुरानोठाँटीस्थित सानीेभेरी नदिमा मनसुन पूर्वको जल विपदजन्य घटनामा आधारित विपद् प्रतिकार्य संयुक्त अभ्यास सम्पन्न भएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन तथा नेपाली सेनाको चण्डी दल गण सल्ले, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्म हेड क्वाटर रुकुम पश्चिमको संयुक्त आयोजनामा सानीभेरी नदीमा उद्धार अभ्यास गरिएको हो । 

मनसुन सुरुवाती हुन लागेकोले सम्भावित जोखिम न्यूनीकरण गर्ने र सचेतना फैलाउने उद्धेश्यले नमूना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार विपत् प्रतिकार्य योजना अन्तर्गत हरेक वर्ष कृत्रिम नमुना अभ्यास गर्ने गरिएको छ । 

प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले नदीमा बाढी आएर त्यसले बस्तीमा क्षति गरेमा कसरी उद्धार गर्न सकिन्छ भन्ने बिषयमा अभ्यास केन्द्रित रहेको जानकारी दिनुभयो । कार्यक्रममा बाढीका कारण घरमा थुनिएका तथा डुबानमा परेका र नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीद्वारा उद्धार गरेर देखाइएको थियो ।

उद्धारका लागि विभिन्न विधिहरु प्रयोग गरिएको र घाईतेहरुलाई स्वास्थ्य संस्थासम्म लैजाने सम्बन्धमा अभ्यास गरिएको डिएसपी बिष्टले उल्लेख गर्नुभयो । 

संयुक्त नमुना अभ्यास प्रदर्शनीमा बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, चण्डी दल गणका गणपति प्रमुख सेनानी शरद थापा, प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक मदन धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा लगायतको उपस्थिति रहेको थियो । 

Share:

प्रतिक्रिया