Thursday, August 20, 2026

Font Size:

logo
1 years ago May 08, 2025 Visted:297

भारत र पाकिस्तानबिच बढ्दो तनावपछि विकसित परिस्थितिको बारेमा छलफल


img

काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अन्तराष्ट्रिय परिस्थिती एवं हालै भारत पाकिस्तान बीचको घटनाक्रमसंगै विकसित परिस्थितीको सामना गर्न अपनाउनुपर्ने रणनीति बारे छलफल भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को ३८ औ बैठकले विद्मान परिस्थती र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितीको मुल्याङकन गरी आवश्यक रणनीति अपनाउने सम्बन्धमा छलफल गरेकोहो।

देशको सुरक्षा परिस्थितीको सुक्ष्म विश्लेषण गरेर आवश्यक रणनीति तय गरेर अगाडी बढ्ने विषयमा छलफल भएको रक्षासचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसचिव रामेश्वर दंगाल द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल , गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षा मन्त्री मानबीर राई, मुख्यसचिव एकनाराणय अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थिती रहेको थियो ।

Share:

प्रतिक्रिया