Thursday, August 20, 2026

Font Size:

logo
2 Years ago January 24, 2025 Visted:251

निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे २१ अर्ब बीमाशुल्क


img

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल करिब २१ अर्ब बीमाशुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल १३ लाख ८९ हजार ३१९ वटा बीमा पोलिसी बिक्री गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ९करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Share:

प्रतिक्रिया