Monday, June 15, 2026

Font Size:

logo
2 Years ago December 20, 2024 Visted:140

जनसेवा माविको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्य रुपमा सम्पन्न


img
img
img

 

भोजपुर। हतुवागढी गा.पा. ९, हसनपुरस्थित  जनसेवा माध्यमिक विद्यालय भोजपुरको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ यही पौष १ गते एक भव्य समारोहबिच सम्पन्न भयो ।  विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै नि: शुल्क आँखा शिविर, उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरि सम्पन्न भएको विद्यालयले जनाएको छ । 

 प्रमुख अतिथि एवं  हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले उक्त समारोहमा  उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गर्दै  कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य  राख्नुहुदै  प्रमुख अतिथी राईले विद्यालयको शैक्षिक उन्नयनको चर्चाका साथमा थप शैक्षिक प्रगतीको कामना सहित नि:शुल्क आँखा, प्रेसर तथा सुगर परीक्षणको व्यवस्था मिलाउने विद्यालयका  पुर्व विद्यार्थीहरुको संगठन हसनपुर - सुनसरी सम्पर्क मन्च साथै लायन्स क्लब अफ धरान क्यापेवलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। 

 शिक्षक नृत्यले विशेष आकर्षण थपेको थियो। विद्यार्थीहरुका लागि विविध विधाका खेलकुद समेत गराइएको कार्यक्रममा अभिभावक खेल (चम्चा दौड) ले थप आकर्षण बढाएको थियो।

अभिभावक दिवसमा सहभागी एक अभिभावकले  विद्यालयले शैक्षिक प्रगति गरेकाेमा खुशी व्यक्त गर्दै भने जनसेवा मावि यस क्षेत्रकै राम्राे स्कुल बनेकोमा हामीलाई खुसी लागेको छ ।  

हतुवागढी गाउँपालिका वडा न. ९ का वडाध्यक्ष सञ्जल राईले आफू र आफ्नो परिवारद्वारा आफ्ना स्वर्गीय मातापिताको नाममा रु. १,०१,१११/- अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरि गुणस्तरीय शिक्षाको पक्षमा आफू दृढ रहेको बताउनु भयो। 

सहयोगी मन र दाताहरुले उपलब्ध गराएको  सो कोष रकमबाट  प्राप्त ब्याजले आर्थिक रुपमा विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउने कुरा प्रअ  राईले मानसरोवर नेपाललाई  जानकारी दिनुभयो  ।

विद्यालयका सहायक प्रधानाध्यापक जय बहादुर राईले स्वागत मन्तव्य तथा प्रधानाध्यापक जनक राईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कुरा कार्यक्रम उद्घोषक नगेन्द्र भट्टराईले सुनाउनु भयो ।

 विद्यालयका शिक्षक नगेन्द्रप्रसाद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुको सामूहिक सांस्कृतिक नृत्यले सबैको ध्यान तानेको थियो । साथै  शिक्षक डा. खगेन्द्रप्रसाद लामिछानेको सुमधुर सांगीतिक आवाजले  वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य बनेको थियो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराज राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई समापन गर्दै उहाँले सहभागी सबैलाई धन्यवाद ग्यापन गर्नुभएको थियो । 
 

Share:

प्रतिक्रिया